१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

टेक्ससमा उपाध्ययद्वारा द्वन्द्व पत्रकारिताका एक दशक पुस्तकको विमर्श

खबर सम्बाददाता १४ आश्विन २०८१, सोमबार
टेक्ससमा उपाध्ययद्वारा द्वन्द्व पत्रकारिताका एक दशक पुस्तकको विमर्श


टेक्सस । नेपाली अमेरिकी पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकाको टेक्ससमा आइतबार पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्वका १० वर्ष पुस्तकमाथि छलफल गरिएको छ ।

सुदूरपश्चिम समाज टेक्सासको सहकार्यमा द्वन्द्व पत्रकारिताका १० वर्षमाथि गरिएको पुस्तक विमर्श कार्यक्रममा बोल्दै पत्रकार सञ्जय घिमिरेले उपाध्यायद्धारा लिखित पुस्तक द्वन्द्वका १० वर्षको ऐना भएको बताए ।

जसले द्वन्द्व भोगे, यो पुस्तकले उनीहरुलाई त्यो नमिठो बिगत स्मरण गराउनेछ, उनले थपे, अहिलेको पुस्ता, जसले द्वन्द्व भोगेन, उनीहरुलाई पनि त्यो समयको अनुभूति गराउनेछ । 

घिमिरेले नेपाली पत्रकारले द्वन्द्वका कठिन घडीमा आफ्नो ज्यान जोखिममा राखेर भए पनि नागरिकको सुसूचित र बाँच्न पाउने अधिकारको सुरक्षाको लागि अविचलित भएर कलम चलाएको बताए । 

द्वन्द्वमा कति पत्रकारहरु मारिए, बेपत्ता पारिए ? प्रेस स्वतन्त्रता उल्लंघनका कति घट्नाहरु भए ? त्यसको नालिबेली र तथ्यांक मात्र यो पुस्तकमा समेटिएका छैनन्, पत्रकार घिमिरेले भने, यो पुस्तक द्वन्द्व त्यो समयको साक्षी हो । जसको अध्ययन गरेर भावी पुस्ताले द्वन्द्वका १० वर्षमा नेपाली समाजले भोगेको समय महसुस गर्नेछ ।

पुस्तकमाथि समीक्षा गर्दै पत्रकार गोपाल गड्तौलाले उपाध्यायद्धारा लिखित पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक नेपाली पत्रकारहरुले भोगेको समयको अनुभवको दस्तावेज भएको बताए । “

यो पुस्तक उपाध्यायले लेखे पनि हामी सबै यो पुस्तकका पात्र हौं”, उनले भने, “यो पुस्तक हामी सबै पत्रकारहरुको अनुभव, संघर्ष, पीडा र भोगाइको संगालो हो ।”

उनले नेपाली पत्रकारहरुले द्वन्द्वका १० वर्षमा राज्य र माओवादी पक्षबाट भोगेका पीडा, प्रताडना, दबाब र हस्तक्षेप बिर्सिन नसकिने खालका भएको स्मरण गरे ।
नेजाका अध्यक्ष सुरज भण्डारी, नेजाका पूर्व अध्यक्ष भोला आचार्य, निवर्तमान अध्यक्ष विकास राज न्यौपाने, पत्रकार गोपाल गड्तौला लगायतका पत्रकारहरुले उपाध्यायद्धारा लिखित पुस्तकमा आम पत्रकारहरुका अनुभव समेटिएको बताए ।

उनीहरुको साझा धारणा थियो, यो हामी सबैको साझा अनुभवको दस्ताबेज हो ।

पुस्तक विमर्शसँगै कार्यक्रममा पत्रकार र समाजका विषयमा चर्चा गरिएको थियो । पत्रकारिता समाजकै अभिन्न अंग भएकाले समाजको हितमा पत्रकारिता गर्न पत्रकारहरुसंग वक्ताहरुले आग्रह गरे ।

नेजाका सदस्य तथा शिक्षाविद् नेपाली ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले पत्रकारहरुले समाजलाई दिग्भ्रमित र विखण्डन गर्ने खालको सूचना सम्प्रेषण गर्न नहुने सुझाए ।

सामाजिक सद्भाव र समाजका सकारात्मक पक्षलाई उजागर गर्न पत्रकारहरुसँग बलायरले आग्रह गरे । 
लेखक तथा पत्रकार उपाध्यायले द्वन्द्वका १० वर्षमा नेपाली पत्रकारहरुले नागरिकको जीवन रक्षाका लागि निर्बाह गरेको भूमिका अहिलेको पुस्ताले बिर्सिएको बताए ।

द्वन्द्व अवधिमा माओवादी र राज्य पक्षबाट अपहरण तथा बेपत्ता पारिएकाहरुका बारेमा पत्रकारहरुले समयमै सूचना सम्प्रेषण गरेका कारण थुप्रै सर्वसाधारणको ज्यान जोगिएको उपाध्यायले अनुभव सुनाए ।

यो पुस्तक द्वन्द्वका १० वर्षमा नेपाली समाजले भोगेको द्वन्द्वको दस्तावेज मात्र होईन, यसमा मेरा युद्ध रिपोर्टिङका निजी अनुभव पनि छन् । जो आमपत्रकारहरुका अनुभव हुन्, उपाध्यायले भने, त्योसंगै नेपाल पत्रकार महासंघले पत्रकारहरुको पेसागत तथा भौतिक सुरक्षाका साथै लोकतन्त्रका लागि निर्बाह गरेको भूमिकाको पनि यसमा चर्चा गरेको छु ।
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले पत्रकारिता निष्पक्ष हुनु पर्नेमा जोड दिए । उनले कसैप्रति आग्रह नराखेर निष्पक्ष ढंगले सूचना सम्प्रेषण गर्न पत्रकारहरुसँग आग्रह गरे ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले द्वन्द्वमा नागरिकको जीवन रक्षाका लागि राज्य र माओवादी पक्षलाई खबरदारी गरेको नेपाली पत्रकारिताले शान्ति प्रकृया, गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका प्रशंसनीय भएको बताए ।

शिक्षाविद् बलायर र युनाइटेड नेप्लिज एसोसिसयनका अध्यक्ष भक्तबहादुर भण्डारीले पत्रकारितासँगै सामाजिक अभियन्ताका रुपमा सुदूर पश्चिममा कोभिडलगायतका विपत्तिमा नागरिकको जीवन रक्षाका लागि निर्बाह गरेको भूमिकाको प्रशंसा गरे ।

राजधानी दैनिकका पूर्वसम्पादक वरिष्ठ पत्रकार विनय देवकोटाले सहकर्मीका रुपमा पत्रकार दीर्घराज उपाध्यायको रिपोर्टिङदेखि पत्रकार महासंघ कैलालीको नेतृत्वमा रहँदा पत्रकाहरुको जीवन रक्षाका लागि निर्बाह गरेको भूमिका सराहनीय भएको बताए ।

उनले उपाध्यायले पुस्तकमा द्वन्द्वको समयमा युद्ध क्षेत्र र मोफसलमा नेपाली पत्रकारहरुले भोगेका अनुभव र उनीहरुको संघर्षको सजीव चित्रण गरेको बताए ।
कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्षद्धय नेत्र पाण्डे र भानु खरेल, नेपाली समाज टेक्ससका प्रवक्ता किरण पौडेल, नेपाली समाज टेक्ससका सचिव पुण्य पाण्डे, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजु नेपाल, सामाजिक अभियन्ता राम सी पोखरेल, सामाजिक अभियन्ता बाल जोशी, ब्लड डोनर्स अफ एसोसियसनका उपाध्यक्ष  शिव काफ्ले, सामाजिक अभियन्ता प्रभात दीक्षित, अर्जुन फुयाललगायतले पत्रकारिता क्षेत्रसँग जोडिएका जनताका अपेक्षाका बारेमा चर्चा गरे । यसैगरी, कार्यक्रममा पत्रकारहरु रामचन्द्र भट्ट, मनोज जोशी, लेखनाथ गौतम, ओम आचार्य, सन्देश उप्रेती, हरि सुवेदी, प्रकाश श्रेष्ठ, सुदीप सिवाकोटी, गुन्जन भण्डारीले समुदायले पत्रकारिताको मर्म, भूमिका र आवश्यकताबोध गर्नुपर्नेमा जोड दिए ।   
कार्यक्रममा अध्यक्ष समेत रहेका नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले समुदाय र पत्रकारिताको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिदैं पत्रकारिता क्षेत्रको विकासमा समेत समाज भूमिका जरुरी रहेको बताउनुभयो । नेजाका  महासचिव बाबुराम दाहालले संचालन गरेको कार्यक्रममा 
नेजाका मध्य क्षेत्र संयोजक शंकर थापाले स्वागत मन्तव्य राख्दै  पत्रकार उपाध्यायका बारेमा चर्चा गरेका थिए । 

कार्यक्रममा सहकार्य गरेको संस्था सुदूर पश्चिम समाज टेक्ससका अध्यक्ष गगन केसीले सहभागि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin