३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

थारु म्युजिक भिडियोले रच्यो नयाँ इतिहास, ‘सजन मोर’ गितले पायो १० करोड भ्युज

खबर सम्बाददाता १६ आश्विन २०८१, बुधबार
थारु म्युजिक भिडियोले रच्यो नयाँ इतिहास, ‘सजन मोर’  गितले पायो १० करोड भ्युज

थारु म्युजिक भिडियोले नयाँ इतिहास रचेको छ । ‘सजन मोर’ शिर्षकको थारु गितले युट्युबमा १० करोड भन्दा बढी भ्युज पाएर इतिहास रचेको हो । एके चौधरीले निर्माण गरी करिब तीन वर्ष अगाडि मल्टीफ्रेम स्टुडियोज नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो गित आज (बुधवार) समाचार तयार पर्दा सम्म १० करोड १ लाख ३५ हजार पटक हेरिएको छ ।

कुमार चौधरीको शब्द तथा एके चौधरी र अन्नु चौधरीको स्वर रहेको यो गितमा नरेश चौधरी र मधु चौधरीले मोडलिङ गरेका छन् । यो गितको निर्देशन तथा कोरियोग्राफी सुरज देव कुसुम्यले गरेका हुन् । यो गितको सम्पादन सोम चौधरीले गरेका हुन् ।

गितको एरेन्ज गणेश चौधरीले गरेका हुन् भने मिक्सिङ÷मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् । नेपाली गित संगितको क्षेत्रमा कमै मात्र म्युजिक भिडियोले युट्युबमा १० करोड भ्युज पाएका छन् । गितको भ्युज १० करोड नाघेपछि म्युजिक भिडियोका कलाकार र निर्माण पक्षले खुसीयाली मनाउँदै छ ।

‘सजन मोर’ गितले युट्युबमा १० करोड भ्युज पाएर इतिहास रचेको थारु गित संगितलाई माया गर्ने कृष्ण महतो बताउँछन् । होटल ह्याप्पी होम नारायणगढका सञ्चालक समेत रहेका महतोले यो गितको भ्युजले नयाँ थारु गित उत्पादनमा हौसला समेत थपेको बताए ।

थारु गितको उत्पादन तथा प्रचारप्रसारमा उनले सहयोग समेत गर्दै आएका छन् । ‘थारु म्युजिक उद्योगमा १० करोड भ्युज एउटै गितले पाउनु ऐतिहासिक हो । थारु गित संगितका धरोहरहरुलाई बधाई तथा शुभकामना भन्न चाहान्छु’, उनले भने । महतो थारु गित प्रवर्द्वनका अभियान्ता समेत रहेका छन् ।

सुरज देव कुसुम्यको कोरियोग्राफी तथा निर्देशनमा बनेको ‘परदेशीया सजना’ गितले पनि थारु इतिहासमा करोड क्बल प्रवेश गरेको छ । उक्त गितको दोस्रो संस्करण परदेशीया सजना २ यहि असोज १७ गते एम एण्ड एस इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै छ । यस गितका लेखक श्याम चौधरी हुन् भने गायक खेम चौधरी र समिक्षा चौधरीको स्वर रहेको छ ।

गितमा गणेश चौधरीले एरेन्ज गरेका छन् । यस गितको मोडलिङमा नरेश चौधरी र सविना चौधरीलाई देख्न सकिन्छ । यो गितको प्रोडक्सन म्यानेजरका रुपमा कृष्ण महतोले काम गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin