१६ श्रावण २०८३, शनिबार
बि प्लस खबर

नवविवाहित दम्पति द्वारा कपडा तथा खाद्यान्न वितरण

खबर सम्बाददाता ४ माघ २०७७, आईतवार
नवविवाहित दम्पति द्वारा  कपडा तथा खाद्यान्न वितरण

धनगढी–४ निवासी रुपेश खड्काका नवविवाहित दम्पतिले अनाथ आश्रम तथा सडकबाट उद्धार गरिएका बेसहरा महिलालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेका छन् । बाबा टेलिभिजन तथा केवुलका सञ्चालक तथा कैलाली उद्योग वाणिज्य संघका सदस्य रुपेश खड्का र उनका धर्मपत्नि यमुना कठायतले आफ्नो वैवाहिक सम्बन्ध गा“सिएको अवसरमा आइतबार विहान सो सामाग्रि सहयोग गरेका हुन् ।

बिहिबार वैवाहिक बन्धनमा बाधिएका खड्का दम्पतिले धनगढी–५ मा रहेको आमाको माया छात्राबासमा रहेका बालबालिकालाई १२ थान ब्लाङ्केट दिएका हुन् । छात्रबासमा अहिले २७ जना बालकहरु बस्दै आएका छन् । आफ्नो जीवनको महत्वपूर्ण समयमा उनीहरुलाई पनि खुशी बाड्न सहयोग गर्ने सोच बनाएको खड्काले बताए । चिसो र शितलहरका समयमा न्याना कपडाले बालकहरुलाई राहत मिल्ने विशवास उनको छ ।

यस्तै धनगढी–७ मा रहेको दृष्टि फाउण्डेशनलाई ५ बोरा चामल, १० केजी दाल, एक कार्टुन तेल र १२ केजी नुन सहयोग गरेका हुन् । फाउण्डेशनले सडकमा आउन बाध्य भएका, मानसिक समस्यामा परेका र असहाय महिलाहरुको उद्धार, उपचार, परामर्श र स्याहार गर्ने गरेको छ । फाउण्डशनकी सञ्चालिका कल्पना भट्टले खाद्यन्न प्राप्त गरेपछि नवसववाहित दम्पतिलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् । फाउण्डेशनमा अहिले ३९ जना महिला छन् । यी संस्थामा विवाह, जन्मोत्सव लगायतका अवसरमा दानदाताहरुले यस्तै विभिन्न सहयोग गर्ने गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin