कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा गाउँमा मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा धनगढी ७ नं वडा कार्यालयको सहयोगमा खुल्ला वडा स्तरीय मनेहरा कप-२०८१ भलिबल प्रतियोगिता कार्तिक १ गतेदेखि ३ गतेसम्म हुने बताएका छन ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु. २१ हजार , दोस्रो पुरस्कार रु. ११ हजार , तेस्रो पुरस्कार रु. ५ हजार रहेको छ । टिम दर्ता कार्तिक ३० गतेसम्म गर्न सकिने टिम दर्ता शुल्क रु. १५ सय रहेको बताएका हुन ।
राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जुनसुकै वडाबाट खेलाडीहरु प्रतियोगितामा सहभागी हुन पाउनेछन । प्रतियोगिताबाट स्थानीय खेलाडीहरुको उत्पादन हुनुका साथै गाउँठाउँको परिचय हुने र युवाहरुलाई खेल क्षेत्रमा आकर्षण हुने भनेर संस्थाका अध्यक्ष रुपक चौधरीले बताएका हुन ।