कञ्चनपुरमा जंगली हात्तीको आक्र्मण बढिरहेका बेला, लालझाडी गाँउपालिकामा स्थानियवासीहरुले संघर्ष समिति गठन गरेका छन् । बुधबार स्थानीयहरुले पालिका स्तरिय भेला गरि हात्ती आतङ्क नियन्त्रणका लागि संघर्ष समिति नै बनाएका हुन ।
स्थानीय युवा दर्शन रानाको अध्यक्षतामा जंगली हात्तीबाट हुने हानी नोक्सानी तथा जोखिम नियन्त्रणका लागि संघर्ष समिति गठन गरिएको हो । समितिमा उपाध्यक्ष भीम बहादुर राना, कोषाध्यक्ष गोदाबरी राना,सचिव राम अवतार राना, सदस्यहरु मनिराम चौधरी, राम कुमार राना,रामकृष्ण राना,नागनमती राना,महावती राना,रामदुलारी राना, लक्ष्मण राना रहेका छन ।
संघर्ष समितिले हात्ती आक्रमणबाट ज्यानसमेत गुमाएका परिवारलाई राहत तथा क्षतिपुर्तिको माग गर्ने, धनजनको सुरक्षाका लागि सम्बन्धित विभिन्न निकाय तथा सरकार र रसोकारबाला सँग छलफल तथा परामर्श गर्ने जस्ता कार्य गर्ने समितिका अध्यक्ष दर्शन रानाले बताए ।