कंचनपुरको लालझाडी गाउँपालिका वडा नं १ स्थित बिनबारी टोलमा वडा स्तरीय दशैं मिलन कार्यक्रम-२०८१ नौरङ्गा-बिनबारी डान्स ग्रुपको आयोजनामा सीता चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना , विशिष्ट अतिथी लालझाडी गाउँपालिका निवर्तमान अध्यक्ष मदनसेन बडायक , लालझाडी १ का वडा अध्यक्ष प्यारेलाल राना , गाउँपालिका स्तरीय भलमन्सा समिती अध्यक्ष अतिराम चौधरी , समाजसेवी दिनेश राना , साहुकार राना , राष्ट्रिय कलाकार सदिक्षा चौधरी , समाजसेवी ,बुद्धिजीवी ,स्थानीय कलाकारको उपस्थिति रहेको थियो ।
संविधान २०७२ को अधिकारबाट सबैको जातजाति , संस्कृतिलाई झल्काउनको लागि वडा र पालिकाबाट बजेट छुट्टाउछौ । तपाईंहरुलाई भएको आवश्यकताको प्रस्ताव पालिकामा बुझाउनुहोला सक्ने काम पालिकाबाट गर्छौ नसके प्रदेश र संघमा हामी प्रस्ताव पेश गर्छौ । अगामी दिनमा हामी सबैजना वडा र पालिकाको बिकास गर्न मिलेर अगाडि बढ्नुपर्छ भनेर प्रमुख अतिथी लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना मन्तव्य व्यक्त गरेका हुन ।

संस्कृति , पहिरन , भाषा र पहिचानलाई शिक्षा बिना बचाउन सकिन्छ तर अन्तरास्ट्रिय स्तरमा आफ्नो समुदायलाई चिनाउन र राज्यसंग आफ्नो समुदायको विकास गराउन शिक्षा आवश्यक छ । लालझाडी संस्कृति कलाले भरिभराउ छ तर हामीले आफ्नो क्षेत्रलाई वैदेशिक पर्यटक बोलाउन सक्यौ भने हाम्रो संस्कृतिबाट आर्थिक रुपमा बिकास गर्न सक्छौ भनेर लालझाडी गाउँपालिका निवर्तमान अध्यक्ष मदनसेन बडायक मन्तव्य व्यक्त गरेका हुन ।
हाम्रो यस वडाको कम बजेटमा ठुलो कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका हुन । आफ्नो कला संस्कृतिलाई बचाउनु र चिनाउनु पर्छ भनेर लालझाडी १ का वडा अध्यक्ष प्यारेलाल रानाले बताएका हुन ।

कार्यक्रममा कलाकार , स्थानीय कलाकारहरुको प्रस्तुति , स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन श्रीशा रानाले गरेकी हुन ।