धनगढी-१० स्थित संयुक्त राना जनचेतना परिवारको आयोजना रवि रानाको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी धनगढी-१० का वडा अध्यक्ष शिव कुमार राना , विशिष्ट अतिथी धनगढी-१० का वडा सदस्य मिलन रानाको उपस्थिति रहेको थियो ।

श्रीलङ्कामा सञ्चालन भएको काभा U-20 भलिबल प्रतियोगितामा उप-विजेता U-20 नेपाल टिमका खेलाडी तथा रानाथारु समुदायबाट पहिलो पटक राष्ट्रिय U-20 टिममा पर्न सफल धनगढी उ.म.न.पा-७, मनेहरा, कैलालीका अशोक रानालाई संयुक्त राना जनचेतना परिवारले एक जोड जुत्ता, ट्र्याक सूट धनगढी-१० का वडा अध्यक्ष शिव कुमार रानाद्वारा सम्मान पत्र प्रदान गरेका हुन ।