धनगढी उपमहानगरपालिका कृषक विकास शाखा धनगढी कैलालीको आयोजनामा धनगढी ११ मा रहेको सहारा कृषक समूहका कृषकहरुले एक कार्यक्रमका बीच कृषक दिवस मनाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका का प्रमुख नृप बहादुर वड उद्घाटन गर्दै तरकारी खेती आजको आवश्यकता भएको बताउदै बिषादी रहित उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । यसका साथै कृषि शाखाको सिफारिसमा कृषकका लागि सस्तो दरमा लगानी उपलब्ध गर्न पहल गर्ने प्रमुख वडले भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा धनगढी उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष गंगाराम रानाले आफु किसानका छोरा भएकाले कृषकका सक्दो प्रयास गरेको र सहयोगका लागि हरदम तत्पर रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा २५ जना कृषकलाई प्रमाण पत्र पनि वितरण गरिएको थियाे ।