१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन

खबर सम्बाददाता १० मंसिर २०८१, सोमबार
राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन


धनगढीमा हुने नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको छ । १४ बर्षपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको हो ।


धनगढीको एसपिए रोडमा सचिवालय उद्घाटन गरिएको छ । नवौं वृहत राष्ट्रिय प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि स्थापना गरिएको सचिवालयको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका केन्द्रिय सचिव शम्भु लामिछानेले उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै केन्द्रिय सचिव लामिछानेले लामो समयको अन्तरालपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई सबैले मिलेर सफल पार्नुपर्ने बताए । उनले यो महोत्सवले शिक्षा क्षेत्रको विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका हुन ।


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । सचिवालय उद्घाटन कार्यक्रमलाई समापन गर्दै कैलाली जिल्ला अध्यक्ष पडालले सुदुरपश्चिमको शैक्षिक हबका रुपमा विकास भएको धनगढीको शैक्षिक वातावरणलाई थप उचाईमा पुराउन शैक्षिक महोत्सव आयोजना गर्न लागेको बताए । उनले यसलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको औल्याए ।
सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ हुन लागेको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव धनगढीमा पुस ९ गतेदेखि १५ गतेसम्म आयोजना गरिनेछ । यसअघि धनगढीमा २०६७ सालमा शैक्षिक महोत्सव गरिएको थियो । राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको बिषयमा केही दिनमा पत्रकार सम्मेलनको आयोजना गरेर विस्तृत जानकारी दिईने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका सचिव निम मिश्रले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin