२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहको पत्रकार सम्मेलन सम्पन्न

खबर सम्बाददाता २६ मंसिर २०८१, बुधबार
अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहको पत्रकार सम्मेलन सम्पन्न

कञ्चनपुरको पुर्नवास –११ मा श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहले हालै पत्रकार सम्मेलन गरी समूहमाथि लगाइएको भ्रामक र कपोकल्पित आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समूहका अध्यक्ष मानबहादुर थापाले नेतृत्व गरेको १५ सदस्यीय कार्यसमिति, उपसमितिहरू, र टोल समितिहरूले सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा समर्पित हुँदै आएको बताउँदै यस आर्थिक वर्षमा सम्पन्न काठ, दाउरा संकलन तथा वितरणका गतिविधिबारे जानकारी गराउनुभयो। समूहले प्रदेश सरकार, वन निर्देशनालय, र डिभिजन वन कार्यालयको निर्देशन अनुसार वार्षिक कटान स्वीकृति प्राप्त गरी २५०० क्यूफिट काठ बिक्री गरेको र प्राप्त रकम बैंकमा दाखिला गरेको जानकारी दिइएको छ।

तर, समूहले लेखा परीक्षणको क्रममा श्रम सिर्जना पत्रिकाका सम्पादक नहकुल देव जिसीले धम्कीपूर्ण शब्द प्रयोग गरी रकम माग गरेको र त्यो माग पूरा नगरेपछि समूह र अध्यक्षमाथि गलत, भ्रामक, तथ्यहीन, र कपोकल्पित समाचार प्रकाशन गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाएको छ।

पत्रिकाको २०८१ मंसिर १५ र मंसिर २४ गतेका प्रकाशन मार्फत सार्वजनिक गरिएका सामग्रीले समूह र अध्यक्षलाई बदनाम गर्न खोजिएको भन्दै समूहले सम्बन्धित निकायहरूलाई छानबिन गरी आवश्यक कानुनी कारबाही अघि बढाउन प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

यो मुद्दामा सत्य तथ्य सार्वजनिक गर्न र समाजमा फैलिन सक्ने भ्रामक प्रचार रोक्न सबै सरोकारवालाहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने समूहले जोड दिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin