६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

सुदुरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. राना नियुक्त

खबर सम्बाददाता १८ पुष २०८१, बिहीबार
सुदुरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. राना नियुक्त

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छिन् ।

प्रदेश मन्त्रिपरिषद बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसंगै उक्त पद रिक्त थियो ।

यस्तै सदस्यमा भने डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन् । भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् । चन्द एमाले कञ्चनपुरका नेता हुन् । उपाध्यक्ष र सदस्यको आजै सपथ ग्रहणको कार्यक्रम राखिएको छ । 

को हुन् राना ?

कैलालीको धनगढी उपमहानगरपालिका–८ की रानाले विद्यावारिधि गरेकी छिन् । उनले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेकी हुन् । उनले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पारेकी थिइन् । 

नेपाली कांग्रेसको राजनीतिमा पनि क्रियाशील राना विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छिन् । कांग्रेसकी केन्द्रीय सदस्य रहेकी उनी बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग प्रमुख पनि हुन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin