६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

कैलालीको १३ वटै पालिकामा नेकपा (माओवादी) नेतृत्व चयन

खबर सम्बाददाता १९ पुष २०८१, शुक्रबार
कैलालीको १३ वटै पालिकामा  नेकपा (माओवादी) नेतृत्व चयन

नेकपा (माओवादी केन्द्र) ले कैलालीको १३ वटै पालिकामा पालिकास्तरीय नयाँ कार्य समिति चयन गरेको छ ।
सो पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो । नेकपा (माओवादी) पार्टीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बलबहादुर ऐर ‘बाली’ निर्वाचित भएका छन् । अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा भएको थियो । यसैगरी, गोदावरी नगर कार्य समिति अध्यक्षमा तिलक चौधरी चयन भएका छन् ।


त्यस्तै, गौरीगङ्गा नगर कार्य समिति अध्यक्षमा राजकुमार थारू ‘ताजेन्द्र’, घोडाघोडी नगर कार्य समिति अध्यक्षमा कर्ण बोहरा ‘बिगुल’, लम्कीचुहा नगर कार्य समिति अध्यक्षमा कमलबहादुर भुल ‘सुरेश’ निर्वाचित भएका जनाइएको छ ।


टीकापुर नगर कार्य समिति अध्यक्षमा धनसिंह साउँद, भजनी नगर कार्य समिति अध्यक्षमा जगत विक, मोहन्याल गाउँ कमिटी अध्यक्षमा देवीदत्त उपाध्यया ‘हिमशिखर’, कैलारी गाउँ कमिटी अध्यक्षमा बतासु थारू ‘अभिषेक’, बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा रामकृष्ण डङ्गौरा थारू ‘रन्जित’ चयन भएको जनाइएको छ ।


यसैगरी, जानकी गाउँ कमिटी अध्यक्षमा कृष्ण सोडारी, चुरे गाउँ कमिटी अध्यक्षमा ठाडा मगर र जोशीपुर गाउँ कमिटी अध्यक्षमा दीर्घ विनाडी निर्वाचित भएका छन् । प्रत्येक पालिकामा भएको दोस्रो सम्मेलनले १३ वटै स्थानीय तहमा नयाँ कार्य समिति चयन गरेको सो पार्टीका रेबन्त बोहराले जानकारी दिए ।


पालिकास्तरीय सम्मेलन अघि माओवादी केन्द्रले हरेक पालिकाको प्रत्येक वडामा वडास्तरीय सम्मेलन गरेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin