२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

नवज्योतिको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न , अध्यक्षमा मेघनाथ राना निर्विरोध

खबर सम्बाददाता १९ पुष २०८१, शुक्रबार
नवज्योतिको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न , अध्यक्षमा मेघनाथ राना निर्विरोध

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित नवज्योति कृषि सहकारी संस्था लि. को १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन संस्थाका अध्यक्ष सिताराम रानाको अध्यक्षतामा सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा पुर्व प्रदेश सभा सदस्य मा. मालामती राना , संविधान सभा सदस्य तथा निर्वाचन संयोजक मा. प्यारेलाल राना , सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष मा. डा . जीवन राना , धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , धनगढी-१७ का वडा अध्यक्ष माधब राज राना , नवजीवन सहकारी संस्था लि. का सदस्य केशब मिश्र , देवरिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शारदा प्रसाद राना , समाजसेवी , बुद्धिजीवी , संस्थाका प्रतिनिधिहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

संस्थाको शेयर पुजी १ करोड २९ लाख १२ हजार ६ सय रुपैया, शेयर सदस्य ११४० जना पुरुष ६६० जना महिला ४४० जना  र जगेडा कोषमा १ करोड ११ लाख ५ हजार ६६८ रुपैया ४८ पैसा रहेको छ । १५ करोड ६१ लाख ५२ हजार ९ सय २३ रुपैया ६३ पैसा निक्षेप संकलन रहेको छ । 

१० करोड ३३ लाख ४९ हजार १६२ रुपैया ०८ पैसा ऋण लगानी रहेको छ । ३ लाख ८७ हजार ४१२ रुपैया ०६ पैसा शुद्ध नाफा आर्जन रहेको छ । आ.व. २०८०/०८१ को स्थिति विवरण  १८ करोड ७४ लाख ८६ हजार ९४६ रुपैया ७५ पैसा बराबर रहेको छ भनेर नवज्योति कृषि सहकारी संस्था लि. का अध्यक्ष सिताराम रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष मा. डा . जीवन रानालाई बधाई तथा सम्मान गरेका हुन । असल ऋणी ३ जना सुग्रीब राना , महेन्द्र राना , दयालु राना र जेष्ठ नगरिक शेयर सदस्य फिरुवा राना , छोटेलाल राना , शंकरी राना , लौघरी डगौरा थारु र नन्दा रानाथारुलाई संस्थाले सम्मान गरेका हुन । 

उद्घाटन सत्रको कार्यक्रम संस्थाका सचिव भिराराम रानाले संचालन गरेका हुन

५ औं अधिवेशनबाट सम्पुर्ण संचालक समिती , लेखा समिती , शिक्षा समिती , ऋण समितीका पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन भनेर निर्वाचन संयोजक मा. प्यारेलाल रानाले बताएका हुन । 

५ औं अधिवेशनबाट अध्यक्ष मेघनाथ रानाथारु , उपाध्यक्ष भिराराम राना  , सचिव मनोज विक्रम चौधरी , सदस्य भैलुराम राना , भजन राना , लिला कोइराला , अनिता चौधरी , महेन्द्र चौधरी , लेखा समिती संयोजक भिम पडल , सदस्य हर्षराज राना , आशा देवि चौधरी , ऋण समिती सदस्य जगतराम राना , शिक्षा समिती सदस्य मथुरा राना निर्विरोध निर्वाचित भएका हुन । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin