२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सवारी दुर्घटना हुँदा कञ्चनपुरका चार जना घाइते

खबर सम्बाददाता २० पुष २०८१, शनिबार
सवारी दुर्घटना हुँदा कञ्चनपुरका चार जना घाइते

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–२ बंकस्थित पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०४१७ नम्बरको विङ्गर र से ४ प १६६१ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठोक्किदा चार जना घाइते भएका हुन्।

मोटरसाइकल चालक कृष्णपुर–२ वाणी शिविरका पुष्पराज चौधरी, मोटरसाइकल पछाडि सवार ३० वर्षीय सन्तोष चौधरी र ३८ वर्षीय नारदमुनी राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार पुष्पराज र सन्तोषको अवस्था गम्भीर छ। उनीहरूको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

नारदमुनीको भने वाणीमै उपचार भइरहेको छ। विङ्गरमा सवार शुक्लाफाँटा नगरपालिका–१० का ८६ वर्षीय जयबहादुर कुँवर पनि घाइते भएका छन्। विङ्गर चालक डडेल्धुराको परशुराम नगरपालिका–२ का अन्दाजी २६ वर्षीय पदमबहादुर बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin