२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु

खबर सम्बाददाता २१ पुष २०८१, आईतवार
सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु
facebook sharing button
twitter sharing button
email sharing button

सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु भएको छ ।


नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रसँग सहकार्य गरेर प्रदेश सरकारले आजबाट यो सेवा सुरु गरेको हो । बिरामीका आफन्त रोशन चौधरीलाई निःशुल्क रक्त प्रदान गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले सेवाको उद्घाटन गरेका हुन् । सो क्रममा उनले आफू दोस्रो पटक मुख्यमन्त्री हुँदै गर्दा पहिलो निर्णयमै निःशुल्क रक्त उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेको बताए । उनले सामाजिक विकास मन्त्रालयले महत्त्वपूर्ण कार्यको थालनी गरेको उल्लेख गर्दै रेडक्रस निःस्वार्थमा सेवा गर्ने संस्था रहेको र यसमा दायाँबायाँ, भ्रष्टाचार नहुने गरेकाले प्रदेश सरकारले विश्वास गरेर रेडक्रससँग सहकार्य गरेको उल्लेख गरे ।
“यो सहकार्य प्रदेश सरकारले अस्पतालहरूसँग पनि गर्न सक्दथ्यो”, मुख्यमन्त्रीले भने,“तर रेडक्रस अझ बढी विश्वासिलो संस्था रहेकाले सरकारले रेडक्रससँग सहकार्य गरेको हो ।” प्रदेश सरकारले सुम्पेको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न उनले रेडक्रसकर्मीहरूलाई आग्रह गरे ।
यसैगरी सामाजिक विकास मन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न वर्ग लगायतका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेशमे सबैभन्दा बढी १०७ पटक रक्तदान गर्नु हुने दीपक उपाध्यायलाई सो अवसरमा रक्तदान सद्भावना दूत नियुक्त गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin