५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

सुदूरपश्चिममा पहिलो पटक अटोक्रस र अटो र्‍याली हुने

खबर सम्बाददाता २३ पुष २०८१, मंगलवार
सुदूरपश्चिममा पहिलो पटक अटोक्रस र अटो र्‍याली हुने

सुदूरपश्चिममा पहिलो पटक अटोक्रस र अटो र्‍याली प्रतिस्पिर्धा हुने भएको छ। फागुन १६ र १७ गते सुदूरपश्चिम अटोमोबाइल संघले खेलको आयोजना गर्ने भएको हो।

फागुनमा साहसिक खेलकुदको पहिलो संस्करण गरिन लागेको सुदूरपश्चिम अटोमोबाइल संघका अध्यक्ष पुष्कर ओझाले बताए। उनले धनगढीबाट सुरू हुने अटो र्‍यालीमा ५० वटा कार र जीप सहभागी हुने बताए। धनगढीको शिवपुरी धामबाट सुरू हुने अटो र्‍याली डडेल्धुराको परशुरामधामसम्म सञ्चालन हुनेछ।

र्‍यालीले सुदूरपश्चिमको धार्मिक पर्यटनमा टेवा पुगाउने विश्वास गरिएको छ। अटो र्‍यालीकै दौरान कञ्चनपुरको दोधारा चाँदनीमा अटोक्रस आयोजना हुने अध्यक्ष ओझाले बताए। प्रतियोगिताका बिजेताले क्रमशः ८१ हजार, २७ हजार र ९ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रम गर्न १२ लाख खर्च हुने अनुमान गरिएको छ भने प्रतियोगिताका दुई जना विजेतालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका मिल्ने आयोजकले जनाएको छ। अटो र्‍यालीले सुदूरपश्चिममा ड्राइभ टुरिज्म, सडक सुरक्षा र सकारात्मक गति सन्देश दिने विश्वास गरिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin