१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

कृष्णपुरमा १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता-२०८१ शुरु

खबर सम्बाददाता २३ पुष २०८१, मंगलवार
कृष्णपुरमा १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता-२०८१ शुरु

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता-२०८१ शुरु भएको छ । कृष्णपुर नगरपालिका २ वाणीको सरस्वती माविको प्राङगणमा २३ गतेदेखि शुरु भएको हो ।  सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री मा. बहादुर सिह थापाको प्रमुख अतिथ्यतामा प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको बृद्धि विकासमा साथै समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताएका हुन ।

मन्त्री थापाले प्रदेश सरकारले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि समेत आवश्यक योजना ल्याएको बताए । पहिलो पटक कृष्णपुर २ को सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा भएको १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सरस्वती माविका पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, नगर क्षेत्रका खेलाडी, समाजसेवीलाई पुरस्कार प्रदान गरिएको छ ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले पहिलो पटक आफ्नो वडामा हुन लागेको राष्ट्रपति रनिङ्ग प्रतियोगिताले उत्साह जगाएको बताए । वडाध्यक्ष साउदले आफुहरुले वडामा हुन लागेको प्रतियोगिता सम्पन्न गर्नका लागि सरोकारवाला सबै खटिएर यहाँसम्म पुगेको बताए ।

उनले नगरस्तरकै प्रतियोगिताले उत्साह जगाएको बताए । ‘हाम्रो वडा, नगर खेलकुदको उर्बराभूमि हो, ‘उनले भने, ‘यस प्रतियोगिताबाट समेत थप खेलकुद क्षेत्रमा आयाम थप्नेछ ।’ वडाध्यक्ष साउदले नगरभरीकै विद्यार्थी,शिक्षक सहितको सहभागिताले वाणी क्षेत्र खेलकुदमय बेर स्थानीय पर्यटन प्रर्बद्धन हुने बताए । 

 कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले जिल्लाका केही पालिकाले नगर स्तरको छनौट प्रतियोगिता सम्पन्न गरेको केहीले अब गर्ने भएकाले जिल्लाभरी खेलकुद महोत्सवको माहोल बनाएको बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले नगरमा खेलकुद महोत्सवले उत्साह छाएको बताए । नगर प्रमुख  ओझाले संघीय सरकारको नियमित खेलकुद प्रतियोगिता संगसंगै नगरले समेत खेलकुद क्षेत्रको बृद्धि विकासका लागि कार्यक्रम अघि बढाएको बताए । नगरको लक्ष्य अनुरुप पालिकाले फरक फरक भूगोल क्षेत्रमा प्रतियोगिता आयोजना गरेर विद्यालय स्तरबाटै खेलकुद विकास गर्न खोजिएको बताए ।

‘नगर खेलकुद प्रतियोगितामा सहभागिताका लागि नगरका सबै सामुदायिक र संस्थागत विद्यालयले अहिले आ–आफ्नो विद्यालयमा खेलाडी छनौट गरिरहेका छन, ‘मेयर ओझाले भने, ‘सबै विद्यालयले राम्रो भन्दा राम्रो प्रर्दशन गर्ने लक्ष्य अघि सारेका छन ।’

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितासंगै विद्यालयमा खेल मैदान निर्माणदेखिका खेलकुद सरचना समेत निर्माण भईरहेको मेयर ओझाले बताए । ‘हाम्रो उदेश्य केबल राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मात्रै गर्ने होईन, ‘मेयर ओझाले भने, ‘एक विद्यालय एक खेलकुद मैदान निर्माण गर्नेपनि हो, सोही अनुरुप हामीले फिल्डमा खटिएका छौँ ।’ खेलकुद माध्यामबाट खेलाडी उत्पादनदेखिका किशोर, युवा पुस्तालाई कुलतबाट बचाउने उदेश्य समेत रहेको बताए ।‘यो खेलकुद महोत्सव पनि हो, हामीले यसलाई उत्सकै रुपमा मनाईरहेका छौँ, ‘मयर ओझाले भने, ‘उत्सवमा विद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागिता भएको छ ।’ मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतियलाई नगद ५, ३ र २ हजार पुरस्कार प्रदान गरिनेछ । ‘यो केबल राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता मात्रै हो, ‘नगर प्रमुख ओझाले भने, ‘स्थानीय सरकारले राम्रो प्रर्दशन र विजेता खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गर्नेछ । 

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य मा. गिता कुमारी चौधरी , कृष्णपुर नगरपालिका नगर उप-प्रमुख द्रोपती राना पुर्व प्रदेश सभा सदस्यहरु , निवर्तमान नगर प्रमुख , कृष्णपुर नगरपालिका १ देखि ९ का वडा अध्यक्षहरु , शिक्षक , कर्मचारी , विद्यार्थीहरु सहित समाजसेवी , बुद्धिजीवीको उपस्थिति रहेको थियो । 

पहिलो पटक कृष्णपुर नगरपालिकाको २ नम्बर वडाको वाणी गाँउमा नगरस्तरकै खेलकुद प्रतियोगिता हुन लागेपछि स्थानीय समेत हर्षित भएका छन ।

गत बर्ष नगरको पुर्वी भूगोल क्षेत्रमा रहेको गुलरियामा रहेको कृष्ण माध्यामिक विद्यालयमा भएको राष्ट्रपति रनिङ्ग शिल्ड यस पटक नगरको पश्चिम भेग वाणीमा रहेको सरस्वती माध्यामिक विद्यालयमा हुन लागेको छ ।  प्रतियोगितामा २६ विद्यालयविच प्रतिस्पर्धा हुने छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin