५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

डोटीमा कार्यरत ड्युटीमा खटिएका प्रहरी हवलदारको मृत्यु

खबर सम्बाददाता २४ पुष २०८१, बुधबार
डोटीमा कार्यरत ड्युटीमा खटिएका प्रहरी हवलदारको मृत्यु

डोटीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका-२ घर भइ हाल इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यत प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनी बिहान ३ बजेदेख ६ बजे सम्मको कार्यालय ड्युटीमा थिए । ड्युटीमै भएको बेला एक्कासी छाति दुखेर बेहोस भएपछि उनलाई उपचारको लागि तत्काल स्थानीय बिपीनगर पोलिक्लिनकमा लगिएको थियो ।

त्यहाँ सामान्य चेकजाँचपश्चात थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीको लागि रेफर गरिएको थियो । तर, सेती प्रादेशिक अस्पताल धनगढीमा साढे ६ बजेतिर पुर्‍याइएका उनलाई ६ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin