धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता हुने भएको छ ।
धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता हुने भएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी उपमहानगरकी नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले १५ औं राष्ट्रपति रनिङ शिल्ड पुस २४ देखि २८ गतेसम्म धनगढी रङ्गशालामा आयोजना गरिने जानकारी दिए।
यो पटक प्रतियोगितामा २६ सामुदायिक विद्यालयबाट ८४० जना र संस्थागत १५ विद्यालयबाट ३१३ जना खेलाडी विद्यार्थी सहभागी हुने उनको भनाइ छ । उपप्रमुख रानाले भने, “६ वटा विधाको ५२ वटा इभेन्टमा खेलहरु खेलाइने छन् । यो पटक भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो र उसुतर्फका प्रतियोगिता छनोट भएका छन् । प्रत्यक विधामा छात्र र छात्राको अलग–अलग प्रतिस्पर्धा रहने छ ।” यो पटक राष्ट्रपति रनिङ शिल्डका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट आठ लाख बजेट विनियोजन गरेको उपप्रमुख रानाले जानकारी दिए ।