४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

‘दिन पुगोस, खान पुगोस’ अभियानलाई निरन्तरता दिँदै आज गोदावरी ९ सरस्वती मा.वि मा न्यानो कपडा वितरण

खबर सम्बाददाता २४ पुष २०८१, बुधबार
‘दिन पुगोस, खान पुगोस’ अभियानलाई निरन्तरता दिँदै आज गोदावरी ९ सरस्वती मा.वि मा न्यानो कपडा वितरण

धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले शुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियानलाई निरन्तरता दिँदै आज गोदावरी नगरपािका वडा नं ९ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा रहेका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

मंसिर १५ गतेबाट शुरु गरेको अभियानलाई निरन्तरता दिदै आज गोदावारी ९ सेहरी गाउँमा रहेको विद्यालयका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

धनगढी उपमहनगरपालिका भित्र सञ्चालन गरिएको यो अभियान अब हाम्रो पुरै गाउँ समाजमा लागु हुन्छ । जहाँ अति विपन्न वर्गका आश्रित बालबालिकालाई हामी न्यानो लुगा वितरण गर्नेछौं,भनेर युवा व्यवसायी भट्टले बताए ।

यस अभियान अन्तर्गत चिसो मौसममा कसैले पनि समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले सरस्वती माध्यामिक विद्यालयका ४५ जना बिद्यार्थीहरुलाई स्वूटर,टोपी र झोला वितरण गरेको भट्टले बताए । गाउँमा रहेका अति बिपन्न ब्यक्ती र आश्रित बालबालिका तथा बिपन्न बिद्यार्थी पढ्ने बिद्यालय हरुमा न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिएको उनले बताएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin