४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रानाको मृत्यु

खबर सम्बाददाता २६ पुष २०८१, शुक्रबार
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रानाको मृत्यु

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका-११ का ६० वर्षीय प्रेमबहादुर रानाको मृत्यु भएको छ । उनको बिहीबार राति भारतको रूद्रपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

उनका अनुसार रानालाई पुस २३ गते कलुवापुरमा से १ त १३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको थियो । बिहीबार निसर्गबाट भारत रिफर गरिएका रानालाई अस्पतालले मृत घोषणा गरेको हो । ट्याक्टर चालक बेलौरी नगरपालिका-४ का ४० वर्षीय बीरबहादुर चौधरीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शर्माले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin