४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

रानाथारु आदर्श युवा क्लबको आयोजनामा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

खबर सम्बाददाता २८ पुष २०८१, आईतवार
रानाथारु आदर्श युवा क्लबको आयोजनामा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

रानाथारु आदर्श युवा क्लबको आयोजनामा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

पुस २४ गते देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २८ गते सम्पन्न भएको हो ।

भलिबल प्रतियोगितामा आयोजक टीम (A ) रानाथारु आदर्श युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । यसैगरी एपीएफ टिमले दृतिय स्थान प्राप्त गर्न सफल भएको छ, भने तृतीय स्थान कालिका एजुकेसनंले प्राप्त गरेको हो ।

प्रथम,दृतिय र तृतीय स्थान ल्याउन सफल भएका विजेता टोलीहरुलाई नगद पुरस्कार रु ५१,१११, रु ३१,१११,रु११,१११ साथै ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

भलिबल प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख आतिथ्यता पूर्व वन तथा वातावरण मन्त्री माननीय नारदमुनी रानाको रहेको थियो । यसैगरी विशिष्ट अतिथिका रुपमा नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कमलसिंह राना,धनगढी ८ का वडा अध्यक्ष जुगराम चौधरी,धनगढी ७ का अध्यक्ष मोती रानाथारु,धनगढी गाउँका भलमन्सा भज्जी राना र नेपाल रानाथारु समाज कैलालीका अध्यक्ष लालबहादुर राना रहेका थिए ।

समापन कार्यक्रम रानाथारु आदर्श युवा क्लबका अध्यक्ष श्यामलाल रानाको अध्यक्षतामा भएको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin