४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

नेपाल आयल निगमले कैलालीको धनगढीमा रहेको भण्डारण डिपो गोदावरीमा सार्ने

खबर सम्बाददाता ३ माघ २०८१, बिहीबार
नेपाल आयल निगमले कैलालीको धनगढीमा रहेको भण्डारण डिपो गोदावरीमा सार्ने

नेपाल आयल निगमले कैलालीको धनगढीमा रहेको भण्डारण डिपो गोदावरीमा सार्ने भएको छ । भण्डारण क्षमता अभिवृद्धिका लागि आयल निगमले कैलालीको गोदावरीमा डिपो सार्न लागेको हो । भण्डारण क्षमता अभिवृद्धि परियोजनाले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कैलालीको गोदावरी नगरपालिका–८ स्याउले स्थित पूर्व–पश्चिम राजमार्गनजिक २० बिघा १६ कट्ठा ८ धुर जग्गा फेला परेको र सोही जग्गामा डिपो सार्ने तयारी भएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा परियोजना प्रमुख ई. प्रदीपकुमार यादवले धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थानान्तरण गर्न लागिएको बताए । उनले डिपो स्थानान्तरण गर्न निगमलाई जग्गा प्राप्तिका लागि जग्गा प्राप्ति ऐन, २०३४ अनुसार प्रक्रिया अगाडि बढाउन सरकारसँग सिफारिस गरिने बताए । उनले आयल निगमले धनगढीमा विसं २०३७ सालमा तत्कालीन पेट्रोलियम पदार्थको दैनिक अधिकतम ४ गाडी माग धान्ने दृष्टिकोणले बनाएकाले अहिले डिपोको भण्डारण क्षमता हालको बजार मागअनुसार अपुग भएको बताए ।
धनगढी डिपोका पूर्वाधारहरु जीर्ण भएकाले स्थानान्तरण गर्न लागिएको उल्लेख गरे । उनले १ बिघा ८ कट्ठामा सञ्चालित धनगढी डिपो सानो र सुरक्षाको मापदण्डभन्दा बाहिर परेकाले स्थानान्तरण गर्न लागिएको बताए । उनले डिपो स्थानान्तरणका लागि आगामी माघ १५ गतेसम्म मन्त्रिपरिषदबाट जग्गा प्राप्तिको प्रक्रिया पूरा हुने अपेक्षा रहेको बताए । उनले आगामी चैतसम्ममा जग्गा अधिग्रहण सम्पन्न हुने उल्लेख गरे ।
उनले डिपो स्थानान्तरण २०८२ वैशाख पहिलो हप्ताभित्रै शिलान्यास गरिने बताए । उनले डिपो निर्माण र डिपिआरको लागि काठमाडौँ विश्वविद्यालयलाई प्रदान गर्ने तयारी रहेको बताए । डिपो निर्माणको कुल लागत ३ अर्ब ५० करोड रुपैयाँ आँकलन गरेको छ । कैलालीको गोदावरीमा पेट्रोल १ हजार ८ सय किलोलिटर, डिजेल ६ हजार ६ सय किलोलिटर, मट्टितेल ५ सय किलोलिटर र पानी ट्यांकी ३ हजार किलोलिटर क्षमतासहित कुल ११ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट डिपो निर्माण हुने भएको हो ।
आगामी २०८२ वैशाखमा शिलान्यास गरी २०८४ मा यसको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यादवले जानकारी दिए । निगमले यसअघि कञ्चनपुर जिल्लाको पुनर्वास वडा नं ३ र ६ स्थित राष्ट्रिय आवास कम्पनीको ७४ बिघा जग्गामध्ये २२ बिघा जग्गा मागेको थियो तर उक्त जग्गा उपलब्ध हुने अवस्था नभएपछि कैलालीको गोदावरीमा जग्गा खोजिएको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin