४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीको धनगढीबाट लागू औषध सहित ५ जना युवायुवती पक्राउ

खबर सम्बाददाता ७ माघ २०८१, सोमबार
कैलालीको धनगढीबाट लागू औषध सहित ५ जना युवायुवती पक्राउ

कैलालीबाट एकै दिन लागू औषध सहित ५ जना पक्राउ परेका छन् ।

आइतबार धनगढीका छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित ५ जना युवायुवती पक्राउ परेका हुन । धनगढी उपमहानगरपालिका – २ भन्सार ब्यारेल नजिकबाट भारतबाट नेपाल आउँदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका – ४ उत्तरवेहडीका २४ वर्षीय अनिल लामा तामाङ सहित दुई जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १२ ग्राम ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरू सँगै प्रहरीले सुपप्र ०२००३ प ६११५ मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

यस्तै आइतबार साँझ धनगढी उपमहानगरपालिका – १२ जुगेडाबाट धनगढी उपमहानगरपालिका – १ शिवनगरकी २२ वर्षीय अस्मिता चौधरी र धनगढी उपमहानगरपालिका – ९ की २२ वर्षीय रमिता चौधरी पक्राउ परेका छन् । उनीहरूको साथबाट १ ग्राम ६०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच आइतबार राती धनगढी उपमहानगरपालिका – १३ राजपुरबाट डडेल्धुराको अमरगढी नगरपालिका – ५ घर भई हाल धनगढी उपमहानगरपालिका – १३ कोठा गरी बस्ने २४ वर्षीय मीन बहादुर विष्टलाई २ ग्राम ४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin