कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं १० मा न्यानो कपडा वितरण गरिएको छ ।
बेलौरी नगरपालिका वडा नं १० का सहिद तथा वेपत्ता परिवारलाई सम्मान कार्यक्रमद्वारा १४ परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) बेलौरी १० को वडा कार्यालयले वितरण गरेको हो ।

कार्यक्रम वडा नं १० का अध्यक्ष सोमलाल चौधरीको अध्यक्षता तथा पूर्व वडा अध्यक्ष एवं भलमंसा हरिलाल चौधरीको प्रमुख आतिथ्यतामा १४ परिवारलाई न्यानो कपडा वितरण गरी कार्यक्रम सम्पन्न भएको वडा नं १० का वडा सचिव रेशम चौधरीले बताएका छन् ।

