२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कैलालीको मजगाउँमा माघ महोत्सव हुने

खबर सम्बाददाता १० माघ २०८१, बिहीबार
कैलालीको मजगाउँमा माघ महोत्सव हुने

कैलालीको गोदावरी नगरपालिका – ८ मजगाउँमा माघ महोत्सव हुने भएको छ । थारु कल्याण कारिणी सभा र वरघर भलमन्सा गोदावरी नगर समितिको आयोजनामा माघ १२ गते देखि महोत्सव हुने भएको हो ।

‘संस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृर्षी पर्यटनका लागि एकजुट हौ’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याण कारिणी सभाका नगर अध्यक्ष जनकलाल चौधरीले महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने बताए ।

उनले भने ‘महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु कला,सिप झल्कने थारु सङ्ग्रहालयको अवलोकनका साथ अन्य रमाइलो मेला प्रदर्शन हुने छ ।’

थारु कल्याण कारिणी सभाका पूर्व कार्यवाहक सभापति माधव चौधरीले यस पटक महोत्सवलाई केही फरक बनाउने उद्देश्यले लागू औषध सम्बन्धी जानकारीमूलक नाटक प्रस्तुत गर्ने तयारी भइरहेको बताए ।

महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहान ११ बजे समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मजगाउँ थारु सामुदायिक होमस्टे र खुटिया चारपाते युवा क्लबले सहकार्य गरेको महोत्सव माघ १४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin