५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

कञ्चनपुरबाट चरेस बिक्री गरिरहेकी एक महिला सहित ४ जना पक्राउ

खबर सम्बाददाता ११ माघ २०८१, शुक्रबार
कञ्चनपुरबाट चरेस बिक्री गरिरहेकी एक महिला सहित  ४ जना पक्राउ

कञ्चनपुरमा चरेश बिक्री गरिरहेकी एक महिलासहित ४ जना पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिका–४ महाकाली माता मन्दिर नजिकबाट सोही ठाउँ बस्ने ३६ वर्षीया जानकी दमाईले संचालन गरेको किराना पसलमा चरेशको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त पसलमा खानतलासी गर्दा जानकीको साथबाट १९ दशमलव ५४ ग्राम, ३९ वर्षीय गौखे दमाईको साथबाट १ दशमलव शुन्य ७ ग्राम र भीमदत्त नगरपालिका–११ भुजेला बस्ने २१ वर्षीय अविशेक सुनारको साथबाट शुन्य दशमलव ६१ ग्राम गरी जम्मा २१ दशमलव २२ ग्राम चरेशसहित तिनै जनालाइ पक्राउ गरिएको हो। यी तिनै जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै कृष्णपुर नगरपालिका–७ कलुवापुरबाट सोही ठाउँ बस्ने २१ वर्षीय दिपक रानाको घरमा खानतलासी गर्दा उनी सुत्ने कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा शुन्य दशमलव ११ ग्राम खैरो हेरोइन फेला पारि रानालाई पक्राउ गरिएको छ। रानालाई इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin