५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

कंचनपुरको शुक्लाफाँटाको आइडलको अडिसन सिद्ध वैजनाथमा सम्पन्न

खबर सम्बाददाता ११ माघ २०८१, शुक्रबार
कंचनपुरको शुक्लाफाँटाको आइडलको अडिसन सिद्ध वैजनाथमा सम्पन्न

प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको तह्रौं अडिसन आज कंचनपुरको शुक्लाफाँटाको सिद्ध वैजनाथमा सम्पन्न भएको छ ।

उक्त अडिसनमा गायन तर्फ ५ र नृत्य तर्फ ३ जना विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रमका बारेमा बोल्दै विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक महेश प्रसाद अवश्थी नृत्य र गायन जीवनसँग जोडिएको यस्ता खाले प्रतियोगिता विद्यार्थी र विद्यालयका लागि आवश्यक भएको कुरामा जोड दिँदै यस्ता प्रतियोगिता नियमित रुपमा आवश्यक भएको बताए ।

गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । यस सालको साउन देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुँदैछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५-१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता छनोट गरिनेछ । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ७५-७५ हजार र रु. ३०-३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin