कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित पटेलामा थारु सांस्कृतिक संग्रहालय संरक्षण समितीको आयोजनामा माघ १६ र १७ गते २ दिने थारु समुदायको महत्वपूर्ण चाड माघी पर्वको अवसरमा माघ महोत्सव २०८१ को भव्य रूपमा ७ नं. वडा अध्यक्ष मोती रानाथारुको उद्घाटन भएको छ।


कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका पुर्व वन तथा वातावरण मन्त्री मा. नारदमुनी राना , विशिष्ट अतिथी धनगढी उप-महानगरपालिकाका नगर उप-प्रमुख कन्दकला राना , धनगढी वडा नं ८,१०,१२,१६,१७,१८ का वडा अध्यक्ष , जनप्रतिनिधि , भलमन्सा , कर्मचारी ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,कलाकार , स्थानीयहरुको उपस्थिति रहेको थियो ।




कार्यक्रममा वडाको समाजिक विकासका लागि सहयोगी व्यक्तिहरु , उत्कृष्ट विद्यालय र उत्कृष्ट खेलाडीलाई सम्मान गरेका हुन ।




उद्घाटन समारोहमा थारु समुदायको परम्परागत संस्कृति, भेषभूषा, खानपान, नृत्य तथा विविध कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । थारु समुदायका परम्परागत नृत्यहरू ,थारु खानपान (ढिक्री, घोंगी, सिद्रा, गुर्जी आदि),कृषि तथा हस्तकला प्रदर्शनी , लक्ष्मी राना , मनमती बखरिया , राज चौधरी , रतिराम चौधरी तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो ।




सांस्कृतिक पहिरन , लोक नाच गान , र पाटेला थारु संग्रहालयको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यका साथ २ दिने महोत्सवको आयोजना गरिएको छ ।