कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं ४ को कञ्चन जाई यूथ क्लब को आयोजनामा गरिएको २० औं संस्करणको खुल्ला फुटबल प्रतियोगिता २०८१ को उपाधि अंकित अटो वर्कशपले प्राप्त गरेको छ।प्रतियोगिताको अन्तिम खेलमा खेल अवधि भरि कुनै टीमले गोल गर्न नसके पछि संघर्ष युवा क्लब लाई ट्राइबेकरमा (४-३) अन्तरले हराउदै अंकित अटोले उपाधी जितेको हो ।
जित संगै प्रतियोगिताको प्रथम पुरस्कार अंकित अटो वर्कशपले ६६ हजार ६ सय ६६ रुपैयाँ , ट्रफी,प्रमाण पत्र प्राप्त गरेको छ भने उप बिजेता संघर्ष युवा क्लबले ३६ हजार ६ सय ६६ रुपैयाँ ट्रफि ,प्रमाण मा चित्त बुझाउनु पर्यो ।
माघ ९ गते सुरु भएको प्रतियोगिता एक कार्यक्रमका बीच माघ १८ गते सम्पन्न भएको छ । कञ्चन जाई यूथ क्लब का अध्यक्ष राम कृष्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिका का उपाध्यक्ष सपना चौधरी राना रहनु भएको थियोे ।त्यसतै विशिष्ट अतिथिमा लालझाडी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बहादुर राना, वडा सदस्य गर्भु राना,वडा नं २ वडा सदस्य भिरा राना रहनु भएको थियो।
समापन कार्यक्रममा लालझाडी गाउँ पालिका उपाध्यक्ष तथा प्रमुख अतिथि सपना चौधरी रानाले विजेता र उपविजेता लाई बधाई दिदै कञ्चन जाई यूथ क्लबको खेलमैदानमा निरन्तर खेल गर्नु पर्ने बताइन् । चौथो लालझाडी अध्यक्ष कप २०८२ प्रतियोगिता कञ्चन जाई यूथ क्लबको खेल मैदानमा हुन सक्ने जानकारी गराइन । कार्यक्रम मा स्वागत मन्तब्य क्लब का सचिव नरेश रानाले र शिक्षक डबल बहादुर रानाले सञ्चालन गर्नु भएको थियो।
