१२ श्रावण २०८३, मंगलवार
बि प्लस खबर

लालझाडीमा होरी मिलन और सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न

खबर सम्बाददाता ६ चैत्र २०८१, बिहीबार
लालझाडीमा होरी मिलन और सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न

कञ्चनपुर को लालझाडी गाउँपालिकामा होरी मिलन और सांस्कृतिक कार्यक्रम २०८१ चैत ६ गते सम्पन्न भएको छ। लालझाडी गाउँपालिका को संरक्षक मा र लालझाडी गाउँपालिका वडा नं ४ को समन्वय मा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम मा सभाध्यक्ष वडा नं ४ का वडा अध्यक्ष बहादुर राना रहनु भएको थियो भने प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा कृषि मन्त्री माननीय वीर बहादुर थापा (पातल) रहनु भएको थियो। विशिष्ठ अतिथि लालझाडी गाँउपालिकाका अध्यक्ष निर्मल राना , निवर्तमान अध्यक्ष मदन सेन बडायक , राना थारु समाज का केन्द्रीय समानान्तर समितिका अध्यक्ष रवि राना रहनु भएको थियो ।

अतिथि वडा नं ३ का वडा अध्यक्ष टीकाराम डगौरा,वडा नं ६ का हर्क नारायन जोशी ,वडा सदस्य, भलमंसा, पधना,चाकर,राष्ट्रिय कलाकार,तथा स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रम मा वडा सदस्य गर्भू राना ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम मा प्रमुख अतिथि ले  राना थारु को माग लाई हामी प्रदेश सरकारमा समावेश गर्ने छु हाम्रो होरि मिलन और सांस्कृतिक कार्यक्रम ले रानाथारु दाजु भाई दिदीबहिनी हरुको एक आपसमा प्रेम सदभाव कायम राखेको हामी बुझेका छौ ।कार्यक्रम लाई श्रीषा राना ले सञ्चालन गर्नु भएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin