१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

धनगढी -१३ मा खखडेहरा पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ७ चैत्र २०८१, शुक्रबार
धनगढी -१३ मा खखडेहरा पर्वको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कैलाली । धनगढी -१३ झलारी गाँउमा नेपाल रानाथारु समाज समानान्तर समितिको आयोजनामा रानाथारु समुदायको खखडेहराको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संविधान सभा सदस्य मा. मालामती रानाको प्रमुख आतिथ्यता तथा रबि रानाको सभाध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा कंचनपुर जिल्ला समन्वय समिति का उप प्रमुख राम कुमारी राना , पुनर्वास का उप प्रमुख भुलिया राना , कृष्णपुर का उप- प्रमुख द्रोपति राना , धनगढी -१७ का वडा अध्यक्ष माधव राना , धनगढी -७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना , पुर्व अध्यक्ष गोबिन्द राना , लगायत अग्रज, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि मालामती रानाले रानाथारु समुदायको पहिचान, संस्कृतिको संरक्षण तथा सामाजिक एकताको महत्त्वबारे जोड दिँदै शुभकामना व्यक्त गर्नुभयो।

उक्त अवसरमा सांस्कृतिक प्रस्तुत गरिएको थियो। सहभागीहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै एकताको सन्देश प्रवाह गरेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin