१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

भारत-नेपाल मैत्री होली महोत्सव भव्य रूपमा सम्पन्न

खबर सम्बाददाता १५ चैत्र २०८१, शनिबार
भारत-नेपाल मैत्री होली महोत्सव भव्य रूपमा सम्पन्न

भारत-नेपाल मैत्री सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले उत्तरप्रदेशको चन्दनचौकी, पलियामा भारत-नेपाल मैत्री होली महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

उक्त महोत्सवमा प्रमुख अतिथिको रूपमा कंचनपुर जिल्ला समन्वय समितिकी उप-प्रमुख राम कुमारी राना ,विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाका नगर उप-प्रमुख द्रोपती राना , सुप प्रदेश जनजाति कल्याण आश्रम का संगठन मन्त्री सुखराम राना , विभाग प्रचारक अभिषेक , सुप प्रदेश सम्भाग प्रचारक श्री कृष्ण लगायत सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन महोत्सवमा नेपाल र भारतका नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दुवै देशका कलाकारहरूले होली विशेष सांस्कृतिक कार्यक्रम, लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम को अवसरमा प्रताप नारायण मिश्र स्मारक सरस्वती स्कुलको स्मार्ट एल ई डी बोर्डको प्रमुख अतिथि द्वारा उद्घघाटन गरिएको छ ।

प्रमुख अतिथि कंचनपुर जिल्ला समन्वय समितिकी उप-प्रमुख राम कुमारी रानाले नेपाल-भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने यस्ता कार्यक्रमहरूको महत्व रहेको छ भनेर मन्तव्य व्यक्त गरेकी हुन ।

विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाका उप-प्रमुख द्रोपती रानाले नेपाल-भारतबीचको आपसी भाइचारालाई अझ गहिरो बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताएकी हुन ।

कार्यक्रममा नेपालका भलमन्सा तथा पधनालाई आयोजकले सम्मान गरेका हुन । कार्यक्रममा स्थानीय प्रशासन, व्यापारी, समाजसेवी, किसान तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। यो महोत्सवले नेपाल-भारतको सांस्कृतिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ । आपसी मेलमिलाप, प्रेम र सद्भावको सन्देश दिन यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर आयोजना गरिने भनेर आयोजकले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin