१६ श्रावण २०८३, शनिबार
बि प्लस खबर

दिलकी अवाज फेसबुक पेज को सहकार्यमा बि प्लस मिडिया द्वारा छात्रवृत्ति वितरण

खबर सम्बाददाता २ फाल्गुन २०७७, आईतवार
दिलकी अवाज फेसबुक पेज को सहकार्यमा बि प्लस मिडिया द्वारा छात्रवृत्ति वितरण


. दिलकी अवाज फेसबुक पेजको सहकार्यमा बि प्लस मिडिया इन्टरटेन्मेन्ट प्रा. लि. ले छात्रवृत्ति वितरण गरेको छ । मिडियाले धनगढी उपमहानगरपालिका १० अन्तर्गत पर्ने बि.पि.अधारभुत विद्यालयमा १०७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । कपि, औजार बाकस, सेनपेन, पेन्सिल,कटर गरी २०००० बराबरको सामाग्री वितरण गरिएको छ ।


छात्रवृत्तिका लागि आफ्नो विद्यालय छानौट गर्नु भएकोमा शिक्षक निर्मला धानुकले आयोजकलाई धन्यवाद दिनुभयो । छात्रवृत्तिले विद्यार्थीलाई ठूलो सहयोग मिल्ने उहाँको भनाई थियो ।

छात्रवृत्तिले उत्सहा बढेको र नजिकै आइसकेको परीक्षा यसले धेरै मदत हुने कक्षा ५ की छात्रा विन्दु रानाले बताइन् ।

दिलकी अवाज फेसबुक पेज मार्फत संचालन हुने कार्यक्रम प्यारभरी बात कार्यक्रमको प्रायोजक बाट संकलन भएको रकम छात्रवृत्ति वितरण गरिएको प्यार भरी बात कार्यक्रमका संचालक भोजराज रानाले बताए ।

कार्यक्रमबाट संकलन भएको रकम यसरी नै सामाजिक सेवामा लगाउने उहाँले जानकारी दिनुभयो । हाल उहा प्रदेश दुबै देिख कार्यक्रम संचालन गर्दै अाउनु भएकाे छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin