१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

कैलारीमा बालमैत्री स्थानीय शासन कार्यान्वयन योजना निर्माण

खबर सम्बाददाता २४ बैशाख २०८२, बुधबार
कैलारीमा बालमैत्री स्थानीय शासन कार्यान्वयन योजना निर्माण

कैलालीको कैलारी गाउँपालिकामा बालमैत्री बालमैत्री स्थानीय शासन कार्यान्वयन योजना निर्माण गरिएको छ ।


कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटी र यूनिसेफको सहयोग सहकार्यमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी कार्यान्वयन योजना निर्माण गरिएको हो ।
स्थानीय बाल समन्वय समितिको संयोजक तथा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँ भौतिक पूर्वधारके विकाससँगै सामाजिक मुद्दार्लाई सँगसंँगै लैजानुपर्ने अतिआवश्यक रहेको बताइन । उनले भनिन ‘भौतिक पूर्वाधरका विकास हुदै गर्छ, त्यो समय र परिस्थितिको माग हो, तर सामाजिक विकास गर्नुपर्ने धेरै जरुरी बा । कैलारीमा बालमैत्री स्थानीय शासन कार्यान्वयन योजना निर्माण भए भविष्यका लागि सम्पति रहने छ ।’
अहिले बालमैत्री स्थानीय शासन कार्यन्वयन योजना बनाए पछिसम्म काम लाग्छ, प्रणालीके विकास हुन्छ, आउने दिनमा काम गर्न सहजता प्रदान पनि हुने गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले बताइन ।
अधिवक्ता झंकरबहादुर कुवँर कार्ययोजना निर्माण, बालमैत्री आचारसहिता निर्माण, बालमैत्री स्थानीय शासनका लागि कार्यदल निर्माण सम्बन्धी छलफल गराएका थिए । कार्ययोजनामा संस्थागत, बाल क्लव, खानेपानी शाखा, वडा कार्यालय, महिला तथा वालबालिका शाखा, स्वास्थ्य शाखा अन्र्तगतका विभिन्न योजना र त्यसका लागि प्रस्तावित बजेट निर्माण गरिएको छ ।


कार्ययोजनामा बालमैत्री आचारसहिता निर्माण, बालमैत्री उद्यानसहितको बालमैत्री सिकाई केन्द्र स्थापना, बाल प्रोफाइल निर्माण, बालबालिकास्थिति पत्र तयारी तथा प्रकाशन, बालविकास केन्द्र संचालन मापदण्ड निर्माण र कार्यान्वयन, विद्यालयबाट बञ्चित बालबालिकाका लागि सीपमुलक तालिम, स्थानीय प्रहरी कार्यालयमा बालमैत्री सम्पर्क इकाई स्थापनाबारे कार्ययोजना र बजेट निर्माण गरिएको छ ।


त्यसै गरी लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि सचेतना कार्यक्रम संचालन, जोखिममा परेका बालबालिकाहरुलाई स्टेशनरी र विद्यालय पोसाक सहयोग, बालविवाह न्यूनिकरणका लागि सचेतनामुलक अभियान संचालन, विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना, घरेलु हिंसा तथा दाइजो प्रथा न्यूनिकरणका लागि सचेतनामुकलक कार्यक्रम संचालन, विद्यालयमा सुझाव पेटिका राख्नु पर्ने योजना र बजेट निर्माण गरिएको छ ।


त्यसै गरी बालबालिकाको उज्जवल भविष्य सुनिश्चित गर्दै उनीहरुको अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने लक्ष्यका साथ कैलारी गाउँपालिकाबाट आंचारसहिता जारी गरिएको छ । यो आचारसहिताले बालबालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा तथा समय विकासका लागि आवश्यक संरचनात्मक तथा नीतिगत कदम सुनिश्चित गर्दै मार्गदर्शन प्रदान गर्ने भनिएको छ । बालबालिका माथि हुने भेदभाव, शोषण, हिंसा, बालविवाह तथा अन्य कुनै पनि दुरुपयोगविरुद्ध संरक्षण गर्ने भनिएको छ ।
बालमैत्री स्थानीय शासनका लागि अभिभावकले गर्ने आंचारसहिता, बालबालिकाका लागि आचारसहिता, विद्यालयले पालन गर्नुपर्ना आचारसहिता, नीजि क्षेत्रको आचारहिता, राजनीतिकसे पालन करेपर्ना आचारसहिता र नेपाल प्रहरीले पालना गर्नुपर्ने आचारसहिता निर्माण गरिएको छ ।


बालमैत्री स्थानीय शासन गाउँपालिका स्तरीय समितिमा अध्यक्षमा गाउँपालिका अध्यक्ष रना, उपाध्यक्षमा गाउँपालिका उपाध्यक्ष रहने, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखाका प्रमुखहरु, गैरसरकारी संस्था रहने व्यवस्था रहेको छ ।


त्यसै गरी स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १४ बमोजिम कार्यदल पनि गठन गरिएको छ । कार्यदलको संयोजकमा वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरी रहेका छन । सदस्यमा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, स्वास्थ्य शाखाका प्रमुख नरेश चौधरी, बालकल्याण अधिकारी यगम कलेल, शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्र, सदस्य सचिवमा महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरी रहेक छन ।


बालमैत्री स्थानीय शासन कार्यान्वयन योजना निर्माण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सक्कु वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशी, कार्यक्रम संयोजक तिलक चौधरी, कार्यक्रम अधिकृत करुणा चौधरी, कैलारी गाउँपालिकाका टमान शाखाका प्रमुख, बाल क्लव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बालकल्याण संघ, सामुदायिक सिकाई केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin