कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् ।
सम्मान कार्यक्रममा बोल्दै एसपी राणाले आफू हरेक प्रहरी सम्मान होस् भन्ने चाहेको बताए ।राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।
देउवाकै सहयोगमा बझाङकि चन्द्रा आचार्यलाई सुरक्षित प्रसुती गराएर अस्पताल सम्म पुर्याएकी थिइन् ।