१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

लालझाडी गाउँपालिकामा डेङ्गु नियन्त्रणका लागि अन्तरक्रिया सम्पन्न

खबर सम्बाददाता १४ असार २०८२, शनिबार
लालझाडी गाउँपालिकामा डेङ्गु नियन्त्रणका लागि अन्तरक्रिया सम्पन्न

कञ्चनपुरको लालझाडी गाउँपालिकामा डेङ्गु लगायतका किटजन्य रोगहरूको नियन्त्रण तथा रोकथामका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। स्वास्थ्य सुरक्षा र जनचेतनालाई मुख्य उद्देश्य राखेर आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाबाट सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका सभाध्यक्ष गाउँपालिका अध्यक्ष निर्मल राना रहनुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै डेङ्गु नियन्त्रणका लागि समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

अन्तरक्रियामा लालझाडी गाउँपालिका  १ नं वडाका  अध्यक्ष प्यारे लाल राना, २ नं वडाका अध्यक्ष आशाराम राना, ३ नं वडाका अध्यक्ष टिकराम डगौरा, ६ नं वडाका अध्यक्ष हर्क नारायण जोशी, स्थानीय विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरूबीच डेङ्गु रोगको पहिचान, लक्षण, रोकथामका उपाय, समयमै उपचार, सरसफाइ तथा जनचेतनामूलक गतिविधिहरूबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा संयोजक खगेन्द्र चौधरीले गर्नुभएको थियो। उहाँले लालझाडी गाउँपालिकामा डेङ्गु लगायतका किटजन्य रोगहरूको अवस्था र पछिल्ला वर्षका तथ्यांक प्रस्तुत गर्दै यस्ता अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रमले रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकामा २ जनामा डेङ्गु भाइरस पुष्टि भएकोमा २०८०/८१ मा ११ जना र २०८१/८२ मा १४ जनामा डेङ्गु भाइरस पुष्टि भएको जानकारी दिइएको छ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले स्थानीय तहमा सचेतनामूलक अभियान, घर-घरमा गएर लार्भा नष्ट गर्ने कार्य, सरसफाइ कार्यक्रम तथा विद्यालय र समुदायस्तरमा स्वास्थ्य शिक्षा प्रदान गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।

साथै, लालझाडी गाउँपालिका कार्यालयको परिसरमा डेङ्गु रोग कसरी सर्छ, कसरी बच्ने र रोकथाम गर्ने भन्ने विषयमा डेमोसमेत प्रस्तुत गरिएको आयोजकले बताएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin