धनगढी, ११ फागुन
वालवालिकाहरुको क्षेत्र क्रियाशिल संस्था सिविन नेपालले धनगढी उप–महानगरपालिकालाई सम्मान प्रदान गरेको छ ।
आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा धनगढी उप–महानगरपालिकालाई सम्मान प्रदान गरेको हो । बालबालिकाहरुको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको तथा विविन नेपालका हरेक कार्यक्रममा समन्वय र सहकार्य मार्फत योगदान पु¥याएको भन्दै धनगढी उप–महानगरपालिकालाई सम्मान गरिएको हो । सम्मानपत्र नगरप्रमुख नृपबहादुर वडले ग्रहण गरेका थिए ।
धनगढि उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले कोरोना कहरमा पनि सिविनले क्वारेनेटिनमा रहेका बालबालिकाहरूलाई ब्यबस्थापन गर्न महत्वपूर्ण भुमिका खेलेको बताए । धनगढी उप–महानगरपालिकालाई सम्मान गरेकोमा सिविन नेपाल संग आभारी छौं नगरप्रमुख वडले भने, ‘ आगामी दिनमा पनि उप–नगरपालिका र सिबिन नेपाल सँगसँगै अगाडि बढ्ने छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बालबालिका संरक्षणका क्षेत्रमा सिविन नेपालको महत्वपूर्ण योगदान भएको बताईन । उनले भनिन्, सिविनका कारण धेरै बालबालिकाहरुले नयाँ जिवन समेत पाएका छन् ।
समस्यामा परेका बालबालिकाको संरक्षणका लागि आफुहरू सधै तत्पर रहेको सिविन नेपाल कैलालीकी संयोजक बिष्णु पौडेलले बताईन । पछिल्लो समय बालबालिका माथि घटिरहेका घटनाले ठुलो चुनौति थपिएको छ संयोजक पौडेलले भनिन् ‘ बालबालिकाको सुरक्षामा प्रदेश र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको छ ।