१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

मुख्यमन्त्री :बेहडाबाबा मन्दिरलाइ धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने

खबर सम्बाददाता १ श्रावण २०८२, बिहीबार
मुख्यमन्त्री :बेहडाबाबा मन्दिरलाइ धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बेहडाबाबा मन्दिरलाइ धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ ।


बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका-१६ रामपुर कैलालीले आज बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महा-महोत्सव २०८२ ऐतिहासिक पश्चिमको ऐतिहासिक श्रावण मेलाको उदघाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।


उहाँले बेहडाबाबा मन्दिरलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । धनगढी बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगंगा नदीमा पुल निर्माणको ढिलाइ कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर त्यसलाई अगाडि बढाउन आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाइ निर्देशन दिनुभएको छ ।साथै उहाँले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको पहलमा प्रदेश सरकारले करिब १३ करोड यस क्षेत्रको विकासका लागि विनियोजित गरेको बताउनु भयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin