२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

रानाथारु भाषाको व्याकरण र शव्दकोषको लोकार्पण

खबर सम्बाददाता ३ श्रावण २०८२, शनिबार
रानाथारु भाषाको व्याकरण र शव्दकोषको लोकार्पण

त्रिभुवन विश्वविद्यालयका डिन तथा रानाथारु भाषा विकासमा महत्वपुर्ण भुमिका खेलेका प्रा डा. दुबिनन्द ढकालको प्रमुख आतिथ्यमा रानाथारु भाषाको व्याकरण र शव्दकोष नामक पुस्तकको लोकार्पण भएको छ । उक्त पुस्तक प्रा डा. दुबिनन्द ढकाल, शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रिय अध्यक्ष, भाषाबिद कमल सिं रानाले सम्पादन तथा निर्माण गरेका हुन ।

साेहि कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख त्रैलोक्यमान बनेपालीकाे विशिष्ट आतिथ्य , लालझाडी गापा प्रमुख निर्मल राना, रानाथारु समुदायका साहित्यकार पदम राना , नेपाल सस्कृत विश्वविद्यालयका उपप्राध्यापक मोहन चौधरी लगायत नेपाल रानाथारु समाज केन्द्रीय महासचिव तिर्थराज राना, रानाथारु उत्थान मन्चका सल्लाहकार धोके राना , लालझाडी गाउपालिका २ नं का वडा अध्यक्ष आशाराम राना, प्रकाश राना, गोमती राना, शंकर राना , अमर राना, घुम्मन राना, भोजराज राना, भक्ता राना लगायत रानाथारू भलम्न्सा बुद्धीजिबी, पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

यस पुस्तकले रानाथारु समुदायको भाषा विकासमा लेखकज्युहरुले महत्वपुर्ण सहयोग पुग्ने आशा व्यक्त गरेका छन।यस पुस्तकले रानाथारूकाे भाषा लेखनमा सुद्धता, भाषा लिपिबध्द गर्न महत्वपुर्ण भुमिका खेल्ने बताएका छन ।

लालझाडी गाउपालिकाकाे आयोजनमा भाषा अायाेग शंखमुल काठमाडाैकाे सहयाेगमा नेपाल रानाथारु महिला सघका अध्यक्ष प्रेम वती राना लगायत सघका पदाधिकारी को सहयोग रहेको थियो। यस कार्यले रानाथारु मातृभाषा शिक्षा, सन्चार , इतिहास , साहित्य लगायत यस पालिकाको सरकारी कामकाजी भाषाको लागी महत्वपुर्ण जग तयार गर्नेछ भन्ने आशा लेखक समुहले गरेको छ, रानाथारु भाषाको साहित्य, भाषा विकासमा प्रज्ञा प्रतिष्ठान सदैब तयार रहने प्राज्ञ त्रैलोक्यमान बनेपालीले बताउनु भयो । प्राडा दुबीनन्द ढकालले रानाथारु समुदायको भाषामा अझै धेरै स्म्भावनाहरु रहेका छन बताउनु भयो साथै व्याकरण का विविध पक्षका विषयमा प्रकाश परेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin