१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

कञ्चनपुरको लालझाडी गाउँपालिकामा रामरेसर रानाको हत्या श्रीमतीको योजनामा भएको खुलासा

खबर सम्बाददाता ६ श्रावण २०८२, मंगलवार
कञ्चनपुरको लालझाडी गाउँपालिकामा रामरेसर रानाको हत्या श्रीमतीको योजनामा भएको खुलासा

झण्डै चार महिनाअघि १७ वैशाखमा घरनजिकै सडक छेउमा लालझाडी गाउँपालिका–४, जाई सिगलपट्टी शिविरका रामरेशर राना मृत अवस्थामा भेटिएका थिए ।

प्रहरी अनुसन्धानपछि रानाको हत्या भएको पुष्टि भएको छ । हत्यामा संलग्न रहेका तीन जना समेत पक्राउ परिसकेका छन ।

पक्राउ पर्ने श्रीमती माया चौधरी, उनका प्रेमी पुन्ना  राना (बेलौरी नगरपालिका–४) र मानमती चौधरी (लालझाडी गाउँपालिका–४) हुन ।

कञ्चनपुर प्रहरीका नायब उपरीक्षक (डीएसपी) सागर बोहराले तीनै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाकारी दिए ।

प्रहरीको अनुसन्धानले हत्या हुनुको मुख्य कारण माया र पुना बीचको अनैतिक सम्बन्ध रहेको देखाएको छ। प्रहरीका अनुसार १६ वैशाखमा रामरेशरले पुनालाई आफ्नै घरमा मायासँग देखेपछि झगडा भएको थियो ।

त्यसक्रममा बाँसको चिर्पटले रामरेशरमाथि प्रहार भयो । त्यही प्रहारले उनको ज्यान गएको हो। त्यसपछि रामरेशरको शवलाई घरबाट सडक छेउमा लैजाने काममा माया र मानमतीले सहयोग गरेको पनि अनुसन्धानबाट खुलेको छ।

जिल्ला अदालत कञ्चनपुरले २६ असारमा पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। माया र मानमतीलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पनि धरौटी नबुझाएपछि दुवैजना कारागार चलान भएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin