३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कैलालीमा मृत फेला युवकको घटनालाई प्रहरीले तालिम प्राप्त कुकुर सहित अनुसन्धान गर्दै

खबर सम्बाददाता १५ फाल्गुन २०७७, शनिबार
कैलालीमा मृत फेला युवकको घटनालाई प्रहरीले तालिम प्राप्त कुकुर सहित अनुसन्धान गर्दै

धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै युवक मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली खटाइएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट, ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको हो। 

धनगढीस्थित कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत घटनास्थलमा लगिएको छ।

अहिले घटनास्थल ‘सिल’ गरिएको छ।शनिबार बिहान गेटा मेडिकल नजिकै निर्माणाधिन नालामा गोदावरी नगरपालिका–५ का ३६ वर्षीय शिवचरण रानाको शव फेला परेको थियो। 

गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका रानाको टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएकाले हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।यसअघि रानाको घरमा आगजनी समेत गरिएको थियो। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin