३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

बेलामा राना होमस्टे मेलाकाे चौथो संस्करण भव्यका साथ समपन्न

खबर सम्बाददाता १६ फाल्गुन २०७७, आईतवार
बेलामा राना होमस्टे मेलाकाे चौथो संस्करण भव्यका साथ समपन्न


राना कला एवं संस्किृति संरक्षण समाजले धनगढीको वडा नं. ११ मा आयोजना गरेको होमस्टे मेला सम्पन्न भएको छ । रानाथारु संस्कृति बचाउन तथा देश विदेशमा फैलाउन सञ्चालन भएको मेलाको चौथो संस्करण शनिबार सम्पन्न भएको हो । हमर संस्कृति हमरपहिचान, घर घरसे लागएँ जाके बचान भन्ने मूलनाराका साथ उक्त मेला आयोजना गरिएको थियो ।

मेला समापन समाहरोमा प्रमुख अतिथि तथा धनगढी यपमहानगरपालिका प्रमुख निर्प बहादुर वडले प्रचार–प्रसारको कमीले गर्दा पनि रानाथारु संस्कृति र संस्कार हराउदै गैरहेको बताउनु भयो । संस्कृति नै पहिचान भएकाले यसको संरक्षण निरन्तर महानगरपालिका लागिपरेको जिकिर गर्नु भयो । जन चेतना बिना संस्कृित संरक्षण सम्भव नरहेकाले शिक्षामा जाेड दिनु पर्ने उहाँले बताउनु भयाे ।

मेलामा कैलाली कञ्चनपुरमा बसोवास गर्ने रानाथारु होरी, नाच झिँझि,ढोलकी गित, चौधरी थारुको सखिया नाच तथा सुदूर पश्चिममा प्रचलित डेउडा पनि प्रदर्शन भएका थिए । मेलामा ३ हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

रानाथारुको सबै भन्दा ठूलो चाडपर्व होरी (होली)को बारेमा सबैलाई जानकारी गराउन मेला फागुनमा लगाउने गरेको राना कला एवं संस्किृति संरक्षण समाजका अध्यक्ष महाविर रानाले बताउनु भयो । रानाथारु ३८ दिन भन्दा बढी होरी पर्व मनाउछन् ।

मेलाको संरक्षकमा धनगढी उपमहानगर पालिका वडा नं. ११ रहेको थियो भने मिडिया पाटनर बि. प्लस मिडिया प्रा. लि रहेको थियो । मेलाको समापन समाहरोमा धनगढी उपमहानगर पालिका वडा नं. ११ का अध्यक्ष गंगा राम राना, बुद्धिजिवि,समाजसेवी लगायतको उपस्थिति थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin