३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढीले कोभिड १९ बिरुद्धको खोप अभियानमा स्वंसेविका परिचालन गर्ने

खबर सम्बाददाता २० फाल्गुन २०७७, बिहीबार
धनगढीले कोभिड १९ बिरुद्धको खोप अभियानमा स्वंसेविका परिचालन गर्ने



धनगढी उप–महानगरपालिकाले कोभिड १९ बिरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनका लागि घरघरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ ।
सरकारले खोप लगाउनका लागि प्राथमिकतामा पारेका ब्यक्तिहरुलाई अनिवार्य खोप लगाउनका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने नगरप्रमुख नृपबहादुर वडले बताए । कतिपयमा कोभिड १९ बिरुद्धको खोपका बिषयमा गलत बुझाई र भ्रम समेत रहेको बताउदै नगरप्मुख वडले भने,‘ त्यसैले पनि घरघरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन परिचालन गरिने बताए ।’ आफुले पहिलो खोप लगाएको बताउदै नगरप्रमुख वडले भने, ‘ केहि असर गर्दैन ढुक्कले खोप लगाउन अनुरोध गर्दछौं ।’


धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले विश्व स्वास्थ्य संगठनले नै ढुक्क संग कोभिड १९ बिरुद्धको खोप लगाउन आग्रह गरिरहेकाले भ्रममा नपर्न सबैमा आग्रह गरिन । उनले भनिन्, ‘ बरु खोप नै नलगाउदा खोजिम हुन्छ ।’ धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले कोभिड १९ बिरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविका सम्मलाई परिचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो भएको बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin