३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कोेरोना भाईरस बिरुद्धको दोश्रो चरणको खोप अभियान सुरू, धनगढीमा पहिलो दिन १ हजार ६ सय ५६ जेष्ठ नागरिकले लगाए खोप

खबर सम्बाददाता २३ फाल्गुन २०७७, आईतवार
कोेरोना भाईरस बिरुद्धको दोश्रो चरणको खोप अभियान सुरू, धनगढीमा पहिलो दिन १ हजार ६ सय ५६ जेष्ठ नागरिकले लगाए खोप


धनगढी, २३ फागुन
कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत पहिलो दिनमै धनगढी उप–महानगरपालिका १ हजार ६ सय ५६ जनाले खोप लगाएका छन् ।
उप–महानगरपालिका स्वास्थ्य शाखाका अनुसार खोप लगाउनेमा ६५ बर्ष देखि ८९ बर्षका ब्यक्तिहरु रहेका छन् । सबैभन्दा बृद्धा धनगढी उप–महानगरपालिका वडा नं १ कि पाना सोपले खोप लगाएकी छन् । दोश्रो चरणको पहिलो खोप लगाउनेमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य रत्ना गौचन र पूर्व केन्द्रिय सदस्य शुनिल कुमार भण्डारी रहेका छन् ।


उप–महानगरपालिकाका ११ वटा केन्द्रमा खोप लगाईदैछ । प्रमुख नृपबहादुर वड लगायत जनप्रतिनीधि खोप केन्द्रमा आफै खटिएका छन् । सबै खोप केन्द्रमा पुगेर त्यहाँको अवस्था बुझ्ने काम गरेका छौं नगरप्रमुख वडले भने, ‘ हामीले अनुमान गरेको भन्दा पढीले पहिलो दिनमै खोप लगाएका छन् । ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोध गर्दछौं नगरप्रमुख वडले भने, ‘ कोरोना खोपका बिषयमा कतिपय भ्रमहरु फैलाएका छन् त्यसमा विश्वास नगर्न सबैमा अनुरोध गर्दछौं ।’ खोप अभियानलाई प्रभावकारी बनाउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरेका छौं, नगर प्रमुख वडले भने ।’


धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत योगेश कुमार अवस्थीले खोप अभियान प्रभावकारी रुपमा संचालन भैरहेको बताए । उनले भने, ‘सबैलाई खोप लिनका लागि अनुरोध गरिरहेका छौं ।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin