कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
बिहीबार बिहान च्याउ टिप्न जंगल गएका गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने करिब ४० वर्षीय कृष्ण चौधरीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब ५ बजे च्याउ टिप्ने क्रममा चौधरीमाथि बाघले आक्रमण गरेको थियो । घटनाबारे बिहान ८ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ । वन क्षेत्रमा बाघको गतिविधि देखिन थालेपछि स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ।