डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो । पाण्डेले शुक्रबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
मन्त्रालयले भदौ १ गते आवेदन आह्वान गरेपछि अध्यक्ष पदका लागि २० जना र सदस्य पदका लागि १४ जनाले आवेदन दिएका थिए ।