पछिल्लो समय बैतडीमा स्क्रब टाइफसका बिरामी बढेका छन् । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै बैतडीमा १३९ जना स्क्रब टाइफसका बिरामी फेला परेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
बैतडी जिल्लामा किशोर किशोरीदेखि वृद्धवृद्धासम्ममा स्क्रब टाइफस देखिएको छ । जिल्लाका दशओटा स्थानीय तहमध्ये मेलौली नगरपालिकामा सबैभन्दा बढी ७० जना र पञ्चेश्वर गाउँपालिकामा ३३ जना बिरामी भेटिएका स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै पाटन नगरपालिकामा १९जना, सिगास गाउँपालिकामा ७ जना, पुर्चौडी नगरपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा १ जना र दशरथचन्द नगरपालिकामा २ जना स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ ।