२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धौलीगङ्गा बाँधका ढोका खोलिए, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

खबर सम्बाददाता १७ आश्विन २०८३, शनिबार
धौलीगङ्गा बाँधका ढोका खोलिए, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

भारतको उत्तराखण्ड स्थित धौलीगंगा जलविद्युत्त परियोजनाको बाँधबाट महाकाली नदीमा पानी छोड्न थालिएको छ । बाँधमा जम्मा भएको सिल्ट सफा गर्न शनिबार बिहान १ बजेदेखि बाँधका ढोका खोलिएको हो ।
एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेसनका अनुसार जलाशयमा जम्मा भएको सिल्ट सफा गर्न ४८ घण्टासम्म सिल्ट फ्लसिङ गरिनेछ । असोज १७ गते बिहान १ बजेदेखि सुरु भएको यो प्रक्रिया असोज १९ गते बिहान १ बजेसम्म चल्नेछ ।

बाँधबाट पानी छोडिएपछि महाकाली नदीको तल्लो तटीय क्षेत्रमा जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रशासनले असोज १७ देखि १९ गतेसम्म र त्यसपछि पनि महाकालीको जलस्तर बढ्न सक्ने सम्भावना रहेको जनाएको छ ।

धौलीगंगा बाँधबाट पानी छोड्ने पूर्वनिर्धारित कार्यक्रम यसअघि असोज ११ र १२ गतेका लागि तय गरिएको थियो । तर निरन्तर वर्षा र महाकाली नदीमा बढेको जलस्तरका कारण कार्यक्रम स्थगित गरिएको थियो ।

बाँधबाट छोडिएको पानी क्रमशः तल्लो तटीय क्षेत्रमा पुग्दा महाकालीको बहाव बढ्न सक्ने भएकाले प्रशासनले नदीमा माछा मार्न, दाउरा संकलन गर्न, फोटो तथा भिडियो खिच्न वा अन्य प्रयोजनले नदी किनार तथा नदीभित्र नजान आग्रह गरेको छ ।

स्थानीय प्रशासन र सुरक्षा निकायले महाकाली नदीको जलस्तरमा भइरहेको परिवर्तनको निगरानी गरिरहेका छन् । जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान र प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना पालना गर्न नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin