३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

एल आई सी नेपाल द्वारा धनगढीमा अभिकर्ता सम्मान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ४ चैत्र २०७७, बुधबार
एल आई सी नेपाल द्वारा धनगढीमा अभिकर्ता सम्मान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

एल आई सी नेपाल लि धनगढी शाखा द्वारा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री एल पी दासकाे प्रमुख अातिथ्यतामा अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।उक्त अवसरमा एल अाई सी नेपाल लि धनगढी साखा सँग अावद्ध ७० भन्दा बढि अभिकर्ताहरु मा क्लब सदस्य ,COT र MDRT अभिकर्ता लाई सम्मान पत्र सहित खादा अाेढाएर कम्पनीका कार्यकारी अधिकृतले सम्मान गर्नु भएकाे थियाे ।

त्यस अबसरमा COT अभिकर्ता जानकी जाेशी,राम बिलास राना,एजेन्सी म्यानेजर धन बहादुर बाेहरा र राम बहादुर शाहीले अाफु एल अाई सी नेपाल सँग लामाे समय देखि अाबद्धताले सन्तुष्ट रहेकाे भन्दै एल अाई सी ले नै अाफुलाई मान,समान र पहिचान दिलाएकाे र नयाँ अभिकर्तालाई समेत बदलिदाे परिस्थित अनुकुल परिमार्जित रुपमा बीमा ब्यबसायमा लाग्नु पर्ने र निरन्तरताले नै लक्ष्य प्राप्त गर्न सकिने बिचार ब्यक्त गर्नु भएकाे थियाे।

कार्यक्रममा बाेल्दै कम्पनीका कार्यकारी प्रमुखले एल अाई सीले अाफ्ना बिमीत लाई उत्कष्टशेवा दिदै अाएकाे र अागामी दिनमा सेवालाई समय सापेक्ष रुपमा परिस्कृत गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गर्दै ब्यबसायिक अभिकर्ता नै जीवन बीमा ब्यबसायकाे मेरुदण्ड रहेकाे र संस्थाकाे बृहतर हितका लागि उहाँहरुकाे याेगदान बिशिष्ठ हुने भन्दै एल अाई सी नेपाल अागामी दिनमा अभिकर्ताका सँग थप अन्तरक्रिया र नयाँ अभिकर्ताका लागि बिशेष तालिम कार्यक्रम संन्चालन बताउनु भएकाे थियाे।

कार्यक्रममा शाखा प्रबन्धकले कृष्ण भट्टल्े कम्पनी र बीमित बिच पुलकाे रुपमा कुनाकन्दरामा गएर अभिकर्ताले काम गर्ने र अभिकर्तालाई हरेक तरहले सहयाेग गर्न शाखा कार्यालय कटिबद्ध रहने बिचार ब्यक्त गर्नु भएकाे थियाे। कार्यक्रमलाई धनगढी शाखाका प्रमुख कृष्ण भट्टले सहजीकरण गर्नु भएकाे थियाे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin